दाङ – डिसिएल (दाङ क्रिकेट लिग) – २ मा प्रतिष्पर्धा गर्न लागेकाे देउखुरी वारियर्स क्रिकेट क्लवकाे टाइटल स्पाेन्सरमा गुरुकुल एकेडेमी लमही रहने भएकाे छ ।
दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ मा देउखुरी वारियर्सले पनि प्रतिष्पर्धा गर्न लागेकाे हो । आज शुक्रबार गुरुकुल एकेडेमी लमहीकाे प्राङ्गणमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै गुरुकुल ऐकेडेमी लमहीका प्रधानाध्यापक मुकुन्द तिमिल्सिना र देउखुरी वारियर्स क्रिकेट क्लवका म्यानेजिङ डाईरेक्टर गणेश बुढाथाेकीबिच टाईटल स्पाेन्सर सम्झाैता पत्रमा हस्ताक्षर भएकाे हाे ।
देउखुरी वारियर्स क्रिकेट क्लवका म्यानेजिङ डाईरेक्टर गणेश बुढाथाेकीले गुरुकुलकाे टाईटल स्पाेन्सर पछि गुरुकुल देउखरी वारियर्स नाम रहने पनि बताए ।
साथै उनले शिक्षा क्षेत्रलाई उच्च पद्दतिमा लगिरहेकाे र घाेराहीमा गुरुकुल ऐकेडेमिकाे अपार सफलता पछि तुलसीपुर र लमहीमा गुरुकुल एकेडेमि संचालनमा आउन लागेकाे जानकारी दिए ।
यस शिक्षण संस्थाले अन्तराष्ट्रिय स्तरकाे शिक्षा प्रदान गर्नेमा विश्वास ब्यक्त गर्दै आगामि दिनमा पनि गुरुकुल ऐकेडेमि संग सहयाेग र सहकार्य गर्ने प्रतिबद्दता व्यक्त गरे ।
कार्यक्रममा अक्षरका माध्यमबाट विद्यालय चिनाउने भएकाे हुँदा शिक्षासंगै खेल क्षेत्र लगायत समाजसंग गुरुकुल भन्ने मुल मन्त्रलाई लिएर यस देउखुरी वारियर्स क्रिकेट क्लवकाे अफिसियल स्कुल पार्टनर तथा टाईटल स्पाेन्सरकाे रुपमा रहेकाे गुरुकुल ऐकेडेमी लमहिका प्रधानाध्यापक मुकुन्द तिमिल्सिनाले बताए ।
नयाँ विद्यालय भएकाे हुनाले सम्पुर्णलाई सहयाेग गर्न र प्रतियोगिता सफल बनाउन विद्यालयले टाईटल स्पाेन्सरकाे रुपमा भुमिका खेल्ने भएपछि देउखुरी वारियर्स क्रिकेट क्लवले आभार प्रकट गरेको छ ।
दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायीक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ प्रतियोगितामा देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज टोली रहेका छन् ।
प्रतियोगिताका लागि पाँच फ्रेन्चाईज क्लबले फागुन ५ गते रजिष्ट्रेशन भएका खेलाडीबाट अक्सन गर्ने छन । गुरुकुल ऐकेडेमी लमहीका सेयर सदस्य शितल भुषालकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनकाे सहजीकरण गुरुकुल ऐकेडेमी लमहीका शैक्षिक निर्देशक निमानन्द गैरेले गरेका थिए भने पत्रकारहरु राधेश्याम गुप्ता ,चुमा आचार्य, प्रिया स्मृती गजमेर लगायतले आफ्नाे जिज्ञासा राखेका थिए।
दाङ क्रिकेट लिग– २ विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश÷दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिनेछ ।
प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ ।

देउखुरी वारियार्स टिमका वनर नेपाली कांग्रेसका नेता जानकीलाल बस्नेत हुन । पहिलो सस्करणको डिसीएल प्रतियोगितामा उपविजेता रहेको देउखुरी वारियार्स टिमलाई दोस्रो सस्करणको डिसीएल प्रतियोगितामा गुरुकुल एकेडेमी लमहीले टाइटल स्पोन्सरको प्रायोजन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्