मुमेन्टम परियोजना र पालिकाबिच स्वास्थ्य सम्बन्धि छलफल

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ४ फाल्गुन २०८०, शुक्रबार
2 Min Read
Aa

दाङ – युएसएआइडी मुमेन्टम परियोजनाले स्वास्थ्य सम्बन्धि लमही नगरपालिका र सम्बन्धित सरोकारवालसंग आज छलफल गरेको छ । यो परियोजनाले खासगरी देउखुरीका राप्ती र लमही नगरपालिकालाई कार्य क्षेत्र बनाएर काम गर्दै आएको छ ।

सेवाग्राही केन्द्रीत, गुणस्तरीय परिवार योजना सेवालाई दिगो रुपमा उपलब्ध गराउन निजि क्षेत्रका स्वास्थ्य संस्था र फार्मेसीहरुको प्राविधिक र व्यवस्थापकीय क्षमता अभिबृद्दी गर्नका लागि सहयोग प्रदान गर्ने जस्ता काम गर्ने गरेको बरिस्ठ कार्यक्रम अधिकृत रोजिना केसीले जानकारी दिनु भयो ।

पालिका र निजि स्वास्थ्य संस्थाहरु विच परियोजना अन्तर्गत संचालित कार्यक्रमहरुको जानकारी तथा छलफल गर्ने, पालिकासंगको सहकार्यका लागि निजि स्वास्थ्य संस्थाहरुसंग संवाद मार्फत थप अवसरहरु सिर्जना गर्ने, उत्कृष्ट अभ्यासहरुमा संयुक्त छलफल गर्न, जारी चुनौतीहरु समाधान गर्न र पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न र थप सुधारको लागि सहकार्य गर्न मद्दत पुर्याउने आज भएको छलफल उदेश्य रहेको थियो ।

अमेरिकी अन्तरास्ट्रिय विकास नियोगको आर्थिक सहयोगमा संचालित यो कार्यक्रम २०७८ जेष्ठ ३ गतेदेखि शुरु भएको र आगामी २०८१ चैत १७ सम्म संचालित रहने छ ।

स्वास्थ्य मन्त्रालय र यसका विभाग, प्रदेश सरकारका सामाजिक विकास र स्वास्थ्य मन्त्रालय, स्थानीय तहहरु, जिल्ला स्थित स्वास्थ्य संस्थाहरु र निजि साझेदारी संस्थाहरु यस कार्यक्रमको मुख्य साझेदारी निकाय रहने छन ।

आज लमहीमा भएको छलफल कार्यक्रममा लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगी, निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका बारेमा वरिष्ठ कार्यक्रम अधिकृत रेशम डिसी र रोजिना केसीले जानकारी गराउनु भएको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्