दाङ – संगीत क्षेत्रमा भविष्य खोजिरहेका एक उदाउदा कलाकार हुन सन्तोष सुनाम । रुकुम जिल्लाको साविक नाखा राङसी गाविस हालको रुकुम पुर्व पुथा उत्तर गंगा गाउँपालिकामा विक्रम संवत २०४८ पौष २५ गते बुवा रामजीत सुनाम र आमा गंगा सुनामको कान्छा सुपुत्रका रुपमा जन्मिएका सन्तोष सुनाम यतिबेला नेपालको केन्द्रीय राजधानी काठमाण्डौमा संघर्ष गरिरहनु भएको छ ।
सन्तोष ४ वर्षको हुँदा उहाँका बुवा आमाले रुकुमपुर्वबाट बसाई सरेर दाङको लमहीमा आउनु भएको थियो । सानैदेखि गीत संगीतमा रुची राख्ने सन्तोषलाई रहरले पनि सांगीतिक क्षेत्रमै तान्यो । दाङ देउखुरी क्षेत्रमा त्यति बेलाका सांगीतिक क्षेत्रका हस्ती राजेश क्षेत्री र यादव योगीलाई सन्तोषले सांगीतिक गुरु मान्नु हुन्छ । उहाँहरु दुबैको आशिर्वादले आज यो क्षेत्रको यात्रामा छु’ सन्तोषले भन्नु भयो ।
दाङमा रहंदा राजेश क्षेत्री र यादव योगीकै आग्रहमा आफु काठमाण्डौ गएको बताउनु भयो । २०६६ साल तिर काठमाण्डौ जानु भएका सन्तोष त्यहाँ रहंदा गोपी अधिकारीबाट संगीत सिक्ने मौका पाउनु भयो ।
परिवार रुकुमबाट दाङ झरेपछि सन्तोषले माध्यामिक सम्मको पढाई दाङमा सकेर गीत संगीतको शिलशिलामा काठमाण्डौ हानिनु भयो । रहरको क्षेत्र संगीतसंगै पढाईलाई पनि संगै लैजान पर्छ भन्ने लागेपछि काठमाण्डौको सरस्वती बहुमुखी क्याम्पसमा भर्ना हुनु भयो र त्यहिबाट स्नातक उतिर्ण गर्नु भयो ।
सन्तोष भन्नु हुन्छ ‘रेडियोमा गीत बज्दा म पनि कुनै एक दिन यसैगरी गीत गाउने गायक बन्छु भन्ने लाग्दथ्यो’ । आज भन्दा १५ वर्ष अगाडीको कुरा स्मरण गर्दै उहाँ भन्नु हुन्छ ‘काठमाण्डौमा जीवन चलाउन बहुत सकस थ्यो तर पनि दु:ख संग नडराएर संघर्ष गर्दै आए अहिले गीत संगीतबाटै आफु र आफ्नो परिवार पालेको छु बच्चाबच्चि पढाउन पुगेको छ ।
गायन क्षेत्रमा आफ्नो खास्सै भविष्य नदेखिपछी सन्तोषले गीतको एरेन्ज गर्ने र संगीत गर्ने तिर लागेको बताउनु भयो । अहिलेसम्म १८ सयको हाराहारीका गीतमा एरेन्ज, ३ सय जति गीतको संगीत र ५० जति गीतमा आवाज भरि सक्नु भएको छ । चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको ‘एउटा कुरा बुझिदेउन’ बोलको गीतको एरेन्ज सन्तोष सुनामले नै गर्नु भएको हो ।
त्यसैगरी पछिल्लो समय सामाजिक संजाल टिकटकमा सर्वाधिक मन पराइएको कृष क्षेत्री र विष्णु सुनारको आवाजमा रहेको ‘भैसीं गोठै’ मा गीतमा पनि एरेन्ज सन्तोष सुनाम कै रहेको छ । त्यस्तै सन्तोष सुनामले एरेन्ज गर्नु भएको दीपक वलीले आवाज दिनु भएको आधुनिक गीत ‘मुटु कहाँ सम्भव छर धड्कन बिना’ ले अत्याधिक चर्चा बटुल्न सफल भएको गीत हो । यो गीत हालसम्म १३ लाख बढी दर्शकले हेरेका छन।
सबै धारका गीतहरुमा एरेन्ज र संगीत गर्ने उहाँमा क्षमता छ । हिन्दु नारीहरुको महान पर्व तीज नजिकिंदै गर्दा आफु अत्याधिक व्यस्त रहेको सन्तोषको भनाई छ । उहाँ भन्नु हुन्छ ‘अब चाडपर्वको सिजन चलेको छ, थुप्रै कामहरु आएको छ, सबै काम सकाएर समयमै दिनु पर्ने हुन्छ त्यसकारण पनि म व्यस्त छु । गीत संगीतको क्षेत्रमा धैर्य गर्ने र दु:ख गर्न सक्नेका लागि सहज भएको उहाँको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्