देउखुरी बैंकर्सले रोप्यो २ सय बढी विरुवा

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १ भाद्र २०८१, शनिबार
2 Min Read
Aa

दाङ – देउखुरी बैंकर्सले अजम्बरी सामुदायिक वन उपभोक्ता समूहकाे क्षेत्रमा वृक्षारोपण गरेको छ । त्यस सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका करिब दुई सय विरुवा रोपेको बैंकर्सले जानकारी दिएको छ ।

वार्षिक रुपमा गर्ने सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न प्रकारका कार्यकमहरु गर्दै आएको छ । भावी सन्तति र समृद्धिका लागि वृक्षारोपण गराै भन्ने मुल नारा आत्मसात गर्दै यहि साउनको ३२ गते शुक्रबार बृक्षारोपण कार्यक्रम आयोजना गरिएको देउखुरी बैंकर्सका अध्यक्ष तेजबहादुर नेपालीले बताउनुभयो । देउखुरी क्षेत्रमा भएका संगठित बैंकर्सले यस्ता प्रकारका सामाजिक कार्य गर्दै आएका छन ।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाको विशेष उपस्थितिमा गरिएको वृक्षारोपण कार्यक्रममा विभिन्न बैंकका शाखा प्रमुखहरु, अन्य कर्मचारी, संस्थापक सदस्यहरु ,सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि, वडा प्रहरी कार्यालय लमहीका प्रहरी सहायक निरीक्षक रामलाल चौधरी लगायत अन्य सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले वातावरण तथा जैविक विविधता संरक्षणका क्षेत्रमा सबैले साझा रुपमा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिँदै देउखुरी बैंकर्सले गरेको विरुवा रोप्ने कार्यक्रम उदाहरणीय र उल्लेखनीय कार्य भएको बताउनु भएको थियो ।

विशिष्ट अतिथि अजम्बरी सामुदायिक वन उपभोक्ता समूहका सह सचिब हेमन्त पाण्डे र रेडियो हाईवेकी निमित्त प्रबन्ध निर्देशक लिला शाहले आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रममा बैंकर्सका उपाध्यक्ष सागर थापाले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमकाे सहजीकरण बैंकर्सका सचिव देवबहादुर खड्काले गर्नु भएको थियो।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्