नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले पालिका र वडाका पदाधिकारीसंग अन्तरक्रिया गर्ने

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ६ भाद्र २०८१, बिहीबार
2 Min Read
Aa

दाङ – नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले पालिका र वडाका पदाधिकारीसंग अन्तरक्रिया गर्ने भएको छ । आज लमहीको रातोडाडामा रहेको पार्टी कार्यालयमा बसेको क्षेत्रीय पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्वमा बसेको बैठकले अन्य निर्णय पनि गरेको छ । बैठकले कार्यक्रम हुने मिति र संयोजक समेत तोकेको छ ।

यहि भदौ १८ गते मंगलबार राप्ती गाउँपालिका र १५ गते शनिबार गढवा गाउँपालिकामा कार्यक्रम हुने भएको छ । त्यस कार्यक्रमलाई व्यवस्थित गर्न प्रदेश क का सभापति श्रीपद चौधरीलाई संयोजकको जिम्मेवारी तोकिएको छ। त्यस्तै भदौ ११ गते मंगलबार राजपुर गाउँपालिकामा र भदौ २५ गते लमही नगरपालिका र घोराहीका पदाधिकारीसंग छलफल तथा अन्तरक्रिया गर्ने र कार्यक्रमलाई व्यवस्थित गर्नका लागि प्रदेश ख का सभापति दिनेश गिरीलाई संयोजकको जिम्मेवारी तोकिएको क्षेत्रीय प्रवक्ता अजय न्यौपानेले जानकारी दिनु भयो ।

त्यसै गरि आजै बसेको बैठकमा क्षेत्रीय सभापति पाण्डेले सक्रिय सदस्य नवीकरण गर्ने विषयमा सबै पालिकाका सभापति तथा वडा सभापतिहरुलाई तदारुकताका साथ लाग्न र हालसम्म भएका उपलब्धिहरु कार्यालयमा पेश गर्न समेत निर्देशन दिनु भएको छ ।

बैठकले पार्टीका गतिविधिलाई सम्प्रेषण गर्न गराउन क्षेत्रीय प्रवक्ता अजय न्यौपाने संयोजक रहने गरि एक सूचना सम्प्रेसन समिति बनाईएको छ । जसको सचिवमा प्रिया स्मृती गजमेर रहनु भएको छ भने लिला शाह, दुख हरण यादव, टेक बहादुर पुन, मेगमान बुढा, श्रवण बस्नेत लगायत सदस्य रहनु भएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्