महिलाहरुलाई पनि नेतृत्व तर्फ उन्मुख गर्ने जेसिजको अवधारणा प्रशंसनीय छ – कार्यबाहक नगर प्रमुख योगी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १६ भाद्र २०८१, आईतवार
3 Min Read
Aa

दाङ – लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले महिलाहरुलाई पनि नेतृत्व तर्फ उन्मुख गर्ने जेसिजको अवधारणाको प्रशंसा गर्नु भएको छ । लमही जेसिजले आयोजना गरेको साताव्यापी जेसीज सप्ताह कार्यक्रममा बोल्दै समाज रुपान्तरण र सम्वृद्ध समाज निर्माणमा महिला जेसिजको भूमिका महत्वपूर्ण रहेको भन्दै निती निर्माणमा महिलाका कुरा समेट्न यस्ता संघसंस्थाको सल्लाह सुझाव आवश्यक रहेको उहाँको भनाई छ ।

कार्यबाहक नगर प्रमुख योगीले जेसिजमा आबद्ध पदाधिकारी तथा सदस्यहरुमा अझ दृढ रुपले समाजको अगुवाई गर्न सकोस भन्दै शुभकामना ब्यक्त गर्नु भयो । लमही जेसिजले विगतका दिनदेखि नै सामाजिक कर्ममा सहयोग गर्दै आएको स्मरण गर्दै आगामी दिनहरुमा पनि स्थानीय सरकारसंग समन्वय गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।

लमही जेसिजले हरेक वर्ष जस्तै यो वर्ष पनि साताव्यापी जेसीज सप्ताह कार्यक्रमको आयोजना गरेको छ । यी कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नका लागि विभिन्न जेसीहरुलाई संयोजक बनाएर जिम्मेवारी तोकिएको छ ।

कार्यक्रमको पहिलो दिन मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न गरेको छ । यो कार्यक्रमको संयोजक जेसी गीता चौधरीलाई तोकिएको थियो । लमही जेसिज र देउखुरी फेन्सी तथा जुत्ता चप्पल व्यवसायी बीच यो प्रतियोगितामा भएको थियो । प्रतियोगिता देउखुरी फेन्सी तथा जुत्ता चप्पल व्यवसायीले प्रतियोगिता हात पारेको थियो ।

दोस्रो दिन चाडपर्व लक्षित अपराध नियन्त्रण तथा सचेतना कार्यक्रम गर्नेछ । यो कार्यक्रमकालागि जेसी रामदीन चौधरीलाई संयोजक तोकिएको छ । कार्यक्रम रोजी बड्स बाल बाटिका माध्यामिक विद्यालय कोलाहीमा हुनेछ । तेस्रो दिन व्यवसायीक उत्प्रेरणा कार्यक्रम हुने छ । यो कार्यक्रमको संयोजक जेसी अभिषेक न्यौपाने रहनु भएको छ भने कार्यक्रम लमही गल्लि स्थित होटल सिद्दान्तमा हुने छ ।

त्यसैगरी चौथो दिन नाक, कान र घाँटी रोग सम्बन्धि लमही नगरपालिका-४ घुम्ना स्थित जनज्योति आधारभूत विद्यालयमा निशुल्क स्वास्थ्य शिविर हुनेछ । यो स्वास्थ्य शिविरका लागि जेसी प्रकाश रेग्मीलाई संयोजक तोकिएको छ ।

पाँचौं दिन समुदायमा जेसिज परिचयात्मक कार्यक्रम गोरखा- स्वर्णिम क्याम्पसमा हुनेछ भने यो कार्यक्रमको संयोजक अशेष न्यौपाने रहनु भएको छ । छैठौं दिन स्लो बाइक रेस कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम लमही बजारको मुख्य चौराहमा हुनेछ, यो कार्यक्रमको संयोजक जेसी सुनिल चौधरी हुनुहुन्छ ।

र सातौँ दिन विभिन्न कार्यक्रमहरुसंगै कार्यक्रमको समापान हुनेछ । सोहि दिन लमही जेसिजले वनभोज कार्यक्रमको समेत आयोजना गरेको छ
। यो कार्यक्रम लमही नगरपालिका-३ स्थित जखेरातालमा हुने लमही जेसिज वर्ष २०२४ का अध्यक्ष मुकेश चौधरीले जानकारी दिनु भएको छ ।

कार्यक्रममा त्रिभुवन नगर जेसिजका अध्यक्ष रवीकिरण केसी, लमही जेसिजका पुर्व अध्यक्ष उमाकान्त चौधरी, रेडियो हाइवेका निमित्त प्रवन्ध निर्देशक लिला शाह, देउखुरी बैंकर्सका अध्यक्ष तेज बहादुर नेपाली, सप्ताह निर्देशक जेसी सुमन शर्मा ढकाल लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन महासचिव जेसी सरोज पौडेलले गर्नु भएको थियो ।

May be an image of 6 people and text

May be an image of 6 people, people smiling, hospital and text

May be an image of 7 people, people smiling, motorcycle and text

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्