नागरिकको स्वास्थ्यमा सुधार ल्याउने प्रदेश सरकारको उद्देश्य – सांसद विश्वकर्मा

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १६ भाद्र २०८१, आईतवार
2 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेशका सांसद लोका विश्वकर्माले नागरिकको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले विपन्न परिवारलाई चुल्हो वितरण गरेको बताउनु भयो । लमही नगरपालिका-९ का एकल महिला / पुरुष अति आर्थिक विपन्न भएका घरपरिवारलाई चुल्हो वितरण गर्दै सांसद विश्वकर्माले नागरिकलाई धुवाँबाट बचाउन, कम दाउरा लाग्ने, दाउराको खपत घटाउने जस्ता फाइदा हुने बताउनु भयो ।

त्यसैगरी लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले यो चुल्हो प्रयोगले धुवाँमा हुने हानिकारक कण र ग्यासको मात्रा धेरै हदसम्म घट्ने भएकाले दम, खोकी, निमोनीया, क्यान्सर, स्वाशप्रस्वास, फोक्सोका रोग, मुटु रोग,आँखा चिलाउने, मोतीबिन्दु र टाउको दुख्ने जस्ता रोगबाट पनि बच्न सकिने बताउनु भयो । घर भित्रको धुवाँ कम गर्ने भएकाले सुधारीएको आधुनिक चुल्हो अत्यन्तै राम्रो छ, यसको प्रयोगलाई दिर्घकालिन गराउन पहल गरिने उहाँको भनाई छ ।

लमही नगरपालिका-९ का वडा अध्यक्ष भेष बहादुर केसीले स्वास्थ्य नै मुख्य कुरा भएको बताउनु भयो । वडाका एकल महिला / पुरुष अति आर्थिक विपन्न मानिसलाई सुधारिएको चुल्हो प्रदान गर्दै वडा अध्यक्ष केसीले यो चुल्हो प्रयोग गर्दा खाना पकाउन, समयको बचत, दाउराको बचत स्वास्थ्यमा सुधार हुने जस्ता राम्रो पक्ष भएको बताउनु भयो ।

सुधारिएको दाउरा थोरै लाग्ने चुल्हो पाएपछि वडाका एकल महिला / पुरुष, तथा अति विपन्न मानिसहरु खुशी भएका छन । आधुनिक सुधारिएको चुल्होको प्रयोगसंगै समय तथा परम्परागत उर्जा श्रोत दाउराको बचत हुने र स्वास्थ्य सम्बन्धी समस्या न्यूनिकरण हुने चुल्लो उत्पादक कम्पनी श्री माँ मार्केटिंग प्रालिका अप्रेशन म्यानेजर सन्तोष कुमार पाण्डेले बताउनु भयो ।

वडाका एकल महिला / पुरुष अति आर्थिक विपन्न गरि एक सय जनालाई एक सय वटा चुल्हो गरि करिब चार लाख बराबरको चुल्हो वितरण गरिएको छ । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री बादशाह कुर्मीको पहलमा चुल्हो वितरण गरिएको हो ।

लमही नगरपालिका-९ का वडा अध्यक्ष भेष बहादुर केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सांसद लोका विश्वकर्माको प्रमुख आतिथ्यता, लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यमा भएको चुल्हो वितरण कार्यक्रमको संचालन पत्रकार प्रिया स्मृती गजमेरले गर्नु भएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

 

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्