दाङ – वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र स्थानीय नागरिकको समन्वय एवं सहकार्य अपरिहार्य रहेको बताउनु भयो । नागरिक समाज, युवावर्ग र विभिन्न संघसंस्था तथा क्लवहरुलाई उक्त अभियानहरुमा सहभागी गराउनु पर्ने उहाँको धारणा छ ।
वर्तमान परिप्रेक्ष्यमा समुदाय र प्रहरीको सयुंक्त सहभागितामा समाजमा घट्ने विभिन्न घटनाहरु तथा अपराधसम्बन्धी तथ्यांक र सूचनाहरुको विश्लेषण गरी प्राथमिकताको आधारमा जनस्तरबाट निदानका उपायहरु पहिल्याई समस्याहरुको न्यूनीकरण गर्न अपराधजन्य क्रियाकलापहरुबिरुद्ध जनचेतना जगाउने खालका अभियानहरु सञ्चालन गर्नु पर्ने आजको आवश्यकता भएको उहाँको ठहर छ ।
लमही नगरपालिका -७ का वडा अध्यक्ष मोहन गिरीले समुदायको हितका निम्ति स्थानीय स्रोतसाधनहरुको उच्चतम सदुपयोग गरी विकास निर्माण तथा अन्य सिर्जनशील क्रियाकलापहरु सञ्चालन गर्नु पर्ने बताउनु भयो। नागरिक र प्रहरीबीचको सुमधुर सम्बन्धद्वारा सुरक्षित, सुसंस्कृत एवं समुन्नत समाज निर्माण गर्नुजस्तो पवित्र सेवाभावबाट अभिप्रेरित भई समुदाय र प्रहरीबीच गैरराजनीतिकरुपमा सहकार्य तथा हातेमालो गर्दै अगाढी बढ्नु पर्छ’- वडा अध्यक्ष गिरीले बताउनु भयो ।
कार्यक्रममा चेम्बर अफ कमर्स लमहीका अध्यक्ष शितल भुसाल, सेवा केन्द्रका पुर्व अध्यक्ष योगमाया शाही, लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष जंग बहादुर चौधरी, इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक भवानी प्रसाद धमला लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
देउखुरी सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पुनः शाह
देउखुरी सामुदायिक सेवा केन्द्रको अध्यक्षमा किरण विक्रम शाह पुनः चयन हुनु भएको छ । आज सम्पन्न देउखुरी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाको १० औं वार्षिक साधारणसभा तथा पाचौं अधिवेशनले शाहलाई अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा गोमा बस्नेत, सचिवमा सीतादेवी चौधरी, सहसचिवमा निरन्जन सिंह ठकुरी, कोषाध्यक्षमा दीपा खत्री चयन हुनु भएको छ ।
त्यसैगरी कृष्ण कुमार थापा, हरि बहादुर थापा, हल्लु प्रसाद चौधरी, उमाकान्त चौधरी, गोपाल शाही, लोकादेवी भुसाल, कल्पना पछाई, सुवर्ण शाह, दुख हरण यादव, भानदेव जोशी, युवराज गिरी र तेज बहादुर नेपाली सदस्यमा चयन हुनु भएको छ ।
देउखुरी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाको १० औं वार्षिक साधारणसभा तथा पाचौं अधिवेशन आइतबार सम्पन्न भएको छ । सेवा केन्द्रका अध्यक्ष किरण विक्रम शाहको अध्यक्षता तथा वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सेवा केन्द्रकी सचिव सीता चौधरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कोषाध्यक्ष दीपा खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सेवा केन्द्रका उपाध्यक्ष गोमा बस्नेतको स्वागत मन्तव्य रहेको थियो भने कार्यमक्रमको सहजीकरण निरन्जन सिंह ठकुरीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्