गोरखा स्कुलद्वारा आयोजित दोस्रो दशैं मिलन भलिबल प्रतियोगिता जारि, पहिलो हुनेलाई बोका उपहार

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १८ आश्विन २०८१, शुक्रबार
2 Min Read
Aa

दाङ – गोरखा मोडेल सेकेण्डरी स्कुलको आयोजनामा दोस्रो दशैं मिलन भलिबल प्रतियोगितामा आज पनि जारि छ । हिजदेखी शुरु भएको प्रतियोगितामा तीनवटा टिम विजयी भएका छन ।

हिज बिहिबार भएको प्रतियोगितामा लमही नगरपालिका विजयी भएको छ । नगरपालिका र देउखुरी बहुमुखी क्याम्पस बीच भएको खेलमा क्याम्पस पराजित भएको हो । त्यसैगरी देउखुरी उद्योग वाणिज्य संघ लमहीले नेपाल शिक्षक महासंघ लमहीलाई पराजित गरेको छ । हिजै भएको दोस्रो दशैं मिलन भलिबल प्रतियोगितामा राप्ती गाउँपालिकालाई लमही प्याब्सनले पराजित गरेको छ।

आज गोरखा मोडेल सेकेण्डरी स्कुल र देउखुरी उद्योग वाणिज्य संघ लमही, लमही नगरपालिका र लमही प्याब्सन बीच सेमिफाइनल खेल हुन लागेको खेल शिक्षक झलकसिंह रसाइलीले जानकारी दिनु भयो । आज विजयी हुने दुई टिमका बीच भोलि फाइनल खेल हुने रसाइलीको भनाई छ ।

प्रतियोगितामा पहिलो हुनेलाई बोका र दोस्रो हुने टिमलाई ५ वटा लोकल भाले उपहार राखिएको विद्यालयका प्राचार्य लोकमान रिजालले बताउनु भयो । हिजबाट शुरु भएको यो प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको छ ।

खेलकुद क्षेत्रमा सम्भावना धेरै छ – प्रमुख चौधरी
प्रतियोगिताको उद्घाटन गर्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले नेपालमा सम्भावनाका धेरै क्षेत्रहरू भएको र त्यसमा पनि खेलकुद अत्यन्तै सम्भावना बोकेको क्षेत्र भएको बताउनु भयो । नेपाल अपार सम्भावनाले भरिपूर्ण देश हो। देशको विकास र प्रगतिका निम्ति हामीसँग प्रशस्त सम्भावनाहरू छन । तर, त्यसमध्ये पनि राम्रो सम्भावना बोकेको क्षेत्र खेलकुद नै हो। पछिल्लो दशक खेलको क्षेत्रमा नेपालले थुप्रै उपलब्धि गरेको उहाँको भनाई छ ।

त्यसैगरी देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरीले स्वस्थ जीवनको लागि खेलकुद र व्यायाम आवश्यक भएकाे बताउनु भयो । नागरिक स्वस्थ भए मात्रै समृद्धि संभव हुने र त्यसका लागि नियमित खेलकुद र शारीरिक व्यायाम आवश्यक हुने हुँदा आम नागरिकहरू त्यसमा सहभागी हुनु पर्ने अध्यक्ष ठकुरीको धारणा छ ।

विद्यालयका प्राचार्य लोकमान रिजालले खेलकुद शारीरिक स्वस्थता राख्ने पाटो मात्र नभएर आपसी मित्रता र भाईचारा कायम गर्ने माध्यम पनि भएको बताउनु भयो । प्रतियोगिताको उद्घाटन सत्रमा प्राचार्य रिजालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक प्रकाश रिजालले गर्नु भएको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्