स्रोत नखुलेको ४६ हजार बिदेशी मुद्रा सहित ३ जना भारतीय नागरिक पक्राउ

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १० मंसिर २०८१, सोमबार
1 Min Read
Aa

दाङ – जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्रोत नखुलेको विदेशी मुद्रा सहित तीन जना भारतीय नागरिक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला जालौन बस्ने वर्ष ४० का विजय सिंह कुशवाह, उत्तर प्रदेशको गोरखपुर बस्ने वर्ष २६ का प्रशान्त पाठक, भारत राजस्थान चितोरगढ बस्ने वर्ष ३२ का राहुल कुमार माण्डावत रहेका छन ।

यहि मंसिर ९ गते राती ८ बजेको समयमा प्रहरी प्रमुख एसपी विश्वराज खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका -१ स्थित चौकी टोलबाट उनिहरुलाई नियन्त्रणमा लिइएको हो ।

ती भारतीय नागरिक काठमाण्डौबाट हेटौडा तर्फ जादै गरेको बा.प्र.०३-००१ ज ०७६५ नम्बरको यात्रुबाहक माईक्रो बसमा सवार रहेका थिए ।

प्रहरी नियन्त्रणमा रहेको उनिहरुलाई थप अनुसन्धान भईरहेको र आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय मिनभवन ललितपुर पठाउने तयारी भईरहेको एसपी खड्काले जानकारी दिनु भयो ।

पक्राउ परेका तीनजनाको साथबाट ४६ हजार अमेरिकन डलर जो नेपाली बजारमा बैसठ्ठी लाख नब्बे हजार पैतिस रुपैया हुन आउँछ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्