सिटिजन बैंक लमहीद्वारा बालबालिकालाई विद्यालय पोशाक हस्तान्तरण

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २३ मंसिर २०८१, आईतवार
2 Min Read
Aa

दाङ – सिटिजन बैंक लमहीद्वारा प्राप्त भएका विद्यालय पोशाक बालबालिकालाई प्रदान गरिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लमही शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लमही नगरपालिका – ९ स्थित रहेको प्राथमिक विद्यालय भ्युसनपुरमा अध्ययनरत त्रिचालिस जना बालबालिकालाई विद्यालय पोशाक हस्तान्तरण गरेको छ । युवा व्यवसायी कृष्ण थापाको समन्वयमा ति पोशाक उपलब्ध भएको हो ।

पोशाक हस्तान्तरण गर्दै लमही शाखा प्रमुख दशरथ गिरीले बालबालिका समाजका एक अभिन्न अंग भएका र उनीहरुलाई सहयोग प्रदान गर्न पाउँदा सांकेतिक रुपमा समाज प्रतिको उत्तरदायित्वलाई आत्मसाथ गरेको कुरा व्यक्त गर्नु भयो । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको लमही शाखा प्रमुख गिरीको भनाई छ ।

कार्यक्रममा बोल्दै लमही नगरपालिका -९ का वडा अध्यक्ष भेष बहादुर केसीले समाजको विकास र समाज निर्माणमा निजि क्षेत्रको पनि अतुलनिय भूमिका रहने बताउनु भयो । देशमा संघीय प्रणाली लागु भएपछी सरकारी बैंक पुग्न नसकेका ग्रामिण भेग र बस्तीमा निजि बैंकहरुको उपस्थिति अत्यन्तै स्रहानिय भएको वडा अध्यक्ष केसीको भनाई छ । सामाजिक संघ / संस्थाहरुलाई शहर केन्द्रीत नभएर दूरदराजका क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भएको छ । विद्यालयको सर्वाङ्गिन विकासका लागि वडा कार्यालय हमेसा तयार रहेको उहाँको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रिया स्मृती गजमेरको अध्यक्षता, लमही नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसीको प्रमुख आतिथ्यता तथा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लमही शाखा प्रमुख दशरथ गिरीको विशिष्ट आतिथ्यतामा पोशाक वितरण गरिएको थियो । विद्यालयका शिक्षक ज्ञानु चौधरीले गर्नु भएको थियो भने विद्यालयका प्रधानाध्यापक ओम प्रकास बस्नेतले कार्यक्रम संचालन गर्नु भएको थियो ।

यो विद्यालय दाङ जिल्लाकै अत्यन्तै विकट स्थानमा अवस्थित रहेको छ । यहाँ दलित, कुमाल र बोटे समुदायका बालबालिकाले अध्ययन गर्दै आएका छन। उनीहरुको घरको अवस्था अत्यन्तै दयनिय र कम्जोर रहेको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्