दाङ – लुम्बिनी प्रदेशको दाङ, जहाँ राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा दाङलाई मात्र नभएर समग्र नेपाललाई चिनाउने कलाकारको जन्म भएको जिल्ला हो, दाङ । जन्मिदै निधारमा श्री लेखेर जन्मिएका कलाकार हुन सागर भण्डारी । सांगीतिक क्षेत्रमा बिस्तारै बिस्तारै सफलता मिल्दै गएको छ उनलाई।
कलाकार सागर भण्डारी अभिनित गीत “मनमा पिर कति लिने हो” बोलको गीत भर्खरै बजारमा आएको छ । माया प्रेममा आधारित यो गीतको अभिनय, शब्द, लयले गीत सुन्ने हेर्ने जो कोहीको पनि चस्स मन छुन्छ ।
भण्डारीले अभिनय गरेको यो १६ औं गीत हो, उनका गीतहरु सांगीतिक फाँटमा एक पछि अर्को आउने क्रम जारी छ । यस गीतमा चर्चित लोक तथा दोहोरी गायक रामजी खाँड र प्रविशा अधिकारीको सुमधुर आवाज रहेको छ । रामकान्त न्यौपानेको शब्द,बादल घिमिरे संगीत रहेको छ भने सागर र प्रियना आचार्यको उत्कृष्ट अभिनय रहेको छ । जेष्ठ २७ गते बिहान साढे आठ बजे यो समाचार तयार पार्दा सम्म यो गीत युटूबमा छैठौं स्थानमा पर्न सफल भएको छ।
२०४९ सालमा बुवा उमाकान्त भण्डारी र आमा पिमा भण्डारीका कान्छा छोराको रुपमा जन्मिएका सागर दाङको क्षेत्रमा एक सफल युवा व्यवसायीका रुपमा पनि परिचित छन । सांगीतक क्षेत्रमा जम्दै गरेका भण्डारी दाङको एक स्थानीय रेडियोमा कार्यक्रम संचालन पनि गर्दै आएका छन । कुशल कार्यक्रम संचालकका रुपमा चिनिएका व्यक्ति हुन उनि ।
बजारमा सर्बत्र उपलब्ध मायालु, मलाई माया गरन, लुसु लुसु, आशु ढीकाले, तिम्रै मायाले, गोरि गोरी, तीम्रो घरको आगनीमा, सितको पानी, गोल्डेन को चुरा, नाटकै भाछ नि तीज, पर्खाइ बोलका नेपाली गीतहरुमा दमदार अभिनय देख्न सकिन्छ । ” गीत संगीत त प्राण धान्ने सास जस्तै बनि सक्यो, मैले फेर्ने हरेक सासमा म गीत संगीत पाउछु, मैले अभिनय गर्ने गीतहरुलाई न्याय दिएर अभिनय गरेको छु जस्तो लाग्छ, अहिलेसम्म स्रोता, पाठकले मन पराई दिनु भएको छ, स्रोताको माया निरन्तर रहोस” – सागर भन्छन ।
भर्खरै “मनमा पिर कति लिने हो” बोलको गीत लिएर स्रोताको माझमा आएक र अन्य गीत जस्तै यो गीतलाई पनि माया गरेर साथ सहयोग गरिदिन सागरले आग्रह गरेका छन। “मनमा पिर कति लिने हो” बोलको गीत नमस्ते युटूब च्यानलमा रहेको छ।
उक्त गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नु होला।

प्रतिक्रिया दिनुहोस्