संसदमा एमालेको सार्वजनिक महत्वको प्रस्ताव : कृषकलाई तत्काल मल उपलब्ध गराउन माग

दाङ समाचार
दाङ समाचार ३० जेष्ठ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदको नियमित कार्यक्रम स्थगन गरेर रासायनिक मल उपलब्ध गराउनेबारे छलफल गर्न माग गरेको छ ।

सोमबार एमालेका १५ जना सांसदले हस्ताक्षर गरेर अत्यन्त जरुरी सार्वजनिक महत्वको लिखित प्रस्ताव संसदमा पेश गर्दै उक्त प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् ।

उक्त छलफलका लागि संसद बैठकको कार्यक्रम स्थगित गर्न समेत एमाले माग गरेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार रासायनिक मलको उपलब्धताका लागि तत्काल जीटूजी विधिबाट भए पनि रासायनिक मल खरिद गरेर किसानलाई उपलब्ध गराउनु पर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्