काठमाडौं – समयाममै किसानका खेतमा मल पुग्न नसक्नुमा पूर्ववर्ती सरकार पनि दोषी भएको नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बताए।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले यस्तो दाबी गरेका हुन् ।
मल ल्याउने कृषि सामग्री कम्पनीका माथिल्ला कर्मचारीलाई अख्तियारले कारबाही गरेपछि अहिलेका कर्मचारीले काम गर्न नसकेको उनको दावी छ।
‘अख्तियारले मल ल्याउने कर्मचारी समाउनु भनेको पहिलेको सरकारको पालामा यहाँ समस्या थियो भन्ने हो नि,’ सांसद विश्वकर्माले भने,‘ मल नआइपुग्नु दुःखद् कुरा हो, मल चाहिन्छ, तर यसमा वर्तमान सरकार मात्रै दोषी छैन ।’

प्रतिक्रिया दिनुहोस्