जडिबुटी उत्पादन गरेर विदेश निर्यात गर्ने सरकारको योजना

दाङ समाचार
दाङ समाचार ३० जेष्ठ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – सरकारले जडिबुटी उत्पादन गरेर विदेश निर्यात गर्ने योजना बनाएको छ । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवका अनुसार सातै प्रदेशमा जडिबुटी उत्पादन, प्रशोधन र भण्डारण केन्द्र स्थापना गर्न आगामी आर्थिक बर्षका लागि बजेटको व्यवस्थापन गरिएको छ ।

तर, कति बजेट छुटयाइएको भन्ने विषय उनले खुलाएनन् । बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले जडिबुटी उत्पादन गरेर विदेश निर्यात गर्ने सरकारको लक्ष्य रहेको जानकारी सदनलाई गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्