जेलमा रहेका गुण्डा नाइकेसँग डिएसपीको कनेक्सन, छानविन समिति गठन

दाङ समाचार
दाङ समाचार ३१ जेष्ठ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं  –  केन्द्रीय कारागारामा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेलाई भेट्न सहजीकरण गरेको आरोपमा डिएसपी मिलन केसीमाथि छानविन थालिएको छ । प्रहरी वृत स्वयम्भूमा कार्यरत डिएसपी केसीको गतिविधि ‘गैरव्यवसायीक’ जस्तो देखिएपछि उनीमाथि छानविन शुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले रातोपाटीलाई बताए ।

आइतबार डिएसपी केसीले विभागलाई जानकारी नदिई समिरमान सिंह बस्ने तर अर्का एकजनालाई भेट्न सहजीकरण गरेको आरोप छ । डिएसपी केसीले गुण्डा नाइकेलाई आफैं नभेटेको तर, अरुलाई सहजीकरण गरेको उल्लेख गर्दै एसएसपी गिरीले भने–‘छानविन पछि यथार्थ आउँछ ।’

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी उपरिक्षक (एसपी) दिनेशराज मैनालीको नेतृत्वमा छानविन समिती गठन गरेको छ । समितिमा अरु दुईजना प्रहरी अधिकृत सदस्य छन् । समिरमान सिंह बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनलाई गोली हानेर हत्या गरेको आरोपमा थुनामा छन् ।

कारागारमा बसेर उनले आपराधिक गतिविधि संचालन गरेको आरोप लाग्दै आएको छ । तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेश थापालाई प्रयोग गरेर बस्नेतले आपराधिक गतिविधि संचालन गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्