लुम्बिनी र राप्ती अस्पतालको ओपीडी टिकट निःशुल्क

दाङ समाचार
दाङ समाचार १ असार २०७९, बुधबार
1 Min Read
Aa

दाङ –  लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा ओपीडी टिकटमा लाग्ने शुल्क नलिने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य प्रस्तुत गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खडकाले लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपीडी टिकटमा शुल्क नलिने घोषणा गरेका हुन् ।

ओपीडी टिकटमा शुल्क नलिने निर्णय कार्यान्वयनका लागि वजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको मन्त्री खड्काले जानकारी दिए ।

बजेट वक्तव्यमा लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश गौरवको आयोजनाका रुपमा स्तारेन्नति गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्