पेट्रोल र डिजेलको खरिद लागत मूल्य २०० रुपैयाँ नाघ्यो

दाङ समाचार
दाङ समाचार २ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल आयल निगमलाई डिजेल र पेट्रोलमा उच्च वृद्धिसहितको इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ ।

भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको छ भने डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ ।

बढेर आएको मूल्य अनुसार निगमले बजार मूल्य समायोजन गर्न बाँकी छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मट्टितेलमा १४७ रुपैयाँ ९९ पैसा लगात पुगेको छ ।

यो हालसम्मै उच्च मूल्य भएको निगमको भनाइ छ । नयाँ मूल्य सूचीअनुसार खाना पकाउने ग्याँसको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको छ । बढेको मूल्यसँगै निगमको प्रतिलिटर घाटा पनि चुलिएको छ ।

अहिलेको बिक्री मूल्यअनुसार पेट्रोल र डिजेलमा घाटा प्रतिलिटर क्रमशः ३१ रुपैयाँ २८ पैसा र ३७ रुपैयाँ १६ पसा पुगेको छ । निगमका प्रवक्ता उपाध्यायले बिहीबार जारी गरेको विज्ञप्तिमा खाना पकाउने ग्याँसमा निगमलाई ७५१ रुपैयाँ १४ पैसा घाटा रहेको उल्लेख छ ।

नयाँ मूल्य सूची पनि निगमको अनुमानित १५ दिनको घाटा ४ अर्ब ८१ करोड ९१ लाख नाघ्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्