बालिकालाई करणी गरेको आरोपमा वडा सदस्य केसी पक्राउ

दाङ समाचार
दाङ समाचार ३ असार २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ– बालिकालाई करणी गरेको आरोपमा एक जना जनप्रतिनिधि पक्राउ परेका छन ।

पक्राउ पर्नेमा रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी रहेका छन ।

गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्