दाङ – लमही बजारमा क्षेत्रमा ठेलागाडा गुडाएर व्यापार गर्ने व्यवसायीलाई दुईसय रूपैयाँका दरले जरिवाना गरि ठेला छाडिएकाे छ । शुक्रबार नगरपालिकाले प्रति ठेला दुईसय रूपैयाँका दरले जरिवाना गरि तीनवटा ठेला छाडिएको वातावरण सरसफाइ तथा विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले जानकारी दिईन ।
लमही नगरपालिका नगर प्रमुख जाेगराज चाैधरीकाे अध्यक्षतामा ठेला नियन्त्रणमा लिइएको सम्बन्धमा बसेकाे बैठकले असार तीनगते देखि लागू हुने गरि ठेला व्यवसायीले पुन: निर्णय उलंघन गरि ठेला गुडाएकाे पाइएमा फिर्ता नहुने गरि जफत गरिने लमही नगरपालिकाले जनाएको छ ।
ठेला निश्चित ठाउँमा राखेर व्यवसाय गर्न ठेला व्यवसाय समितिका अध्यक्ष शाेभाकर भुषाललाई जिम्मा दिने निर्णय गरेको वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखा प्रमुख थापाले बताईन । उनका अनुसार नगरपालिकाले अन्तिम पटकका लागि दुईसयका दरले जरिवाना गरि ठेलागाडा छाडेको छ ।
बजारमा क्षेत्रमा पुनः ठेलागाडा गुडाइ व्यापार गरेको पाइएमा ठेला जफत लैजाने लमही नगरपालिकाले निर्णय गरेको हाे । नगरपालिकाले यत्रतत्र छरिएर व्यापार गर्दै आइरहेका तीनवटा ठेला नगर प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्