काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलबीच स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा र प्रदेशसभाा निर्वाचनमा गठबन्धन गर्न सहज हुने बताएका छन् ।
आइतबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा अध्यक्ष नेपालले स्थानीय तहमा गठबन्धन बढी पेचिलो भएको, तर प्रतिनिधिसभा र प्रदेशसभामा तुलनात्मक रुपमा सजिलो हुने बताएका हुन् ।
‘गठबन्धन गर्न स्थानीय तहमा बढी पेचिलो भयो’ उनले भने, ‘तुलनात्मक रुपमा माथि सजिलो छ । किनभने प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० सिट छ ।’ अध्यक्ष नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म अहिलेकै सत्तारुढ दलबीच गठबन्धन हुने बताए ।
चुनावपछि पनि गठबन्धन अघि बढाउने विषयमा दलहरुबीच छलफल भइरहेको उनको भनाइ छ । नेकपा एमालेले संसद विघटन गरेकामा गल्ती महसुस नगरेकाले तत्काल तालमेल वा गठबन्धन हुने सम्भावना नरहेको पनि अध्यक्ष नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्