भोलिको बैठकबाट कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने सरकारको तयारी

दाङ समाचार
दाङ समाचार ५ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गर्ने तयारी सरकारले गरेको छ। स्रोतका अनुसार सोमबार (भोलि) बस्ने मन्त्रिपरिषदको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय लिनेछ।

गत जेठ २६ गते बसेको बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्न मन्त्रालयको प्रस्तावमा अधिकारीलाई तीन दिनभित्र प्रष्टिकरण सोध्ने निर्णय गरेको थियो।

स्रोतका अनुसार अधिकारीले प्रष्टिकरण दिएका छन् र उनले दिएको प्रष्टिकरण चित्त बुझ्दो नभएको ठहर गर्दै नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा २० अनुसार अधिकारीलाई कार्यकारी अध्यक्षबाट हटाइनेछ।

हालसालै संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम ओलेले आफूले भनेको व्यक्तिलाई नियुक्ति नदिएको भन्दै कार्यकक्षमै हातपात गरेका थिए। सार्वजनिक भएको अडियोमा मन्त्री आलेले अधिकारीले काम गर्छु भन्दाभन्दै मोबाइल बन्द गर्न निर्देशन दिँदै हातपात गरेका थिए।

आलेकै प्रस्तावमा अधिकारीलाई गत कात्तिक ८ गते मन्त्रिपरिषदले कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो। सरकारले अधिकारीमाथि विभिन्न १२ वटा आरोप लगाएको छ।

त्यसमा कानूनी आधार र औचित्य बिना ट्वीनेटर विमान भाडामा दिएको, वायुसेवा निगमेका टिकट मनलाग्दी बेचेकोदेखि उनका कारण निगम आर्थिक समस्यामा फस्दै छविसमेत धुमिल भएको आरोप लगाइएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्