भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बिक्रम पाण्डेले पाए सफाइ

दाङ समाचार
दाङ समाचार ५ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – विशेष अदालतले राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार नभएको ठहर गरेको छ ।

विशेषले सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्रीसमेत रहेका निर्माण व्यवसायी विक्रम पाण्डे सहित २१ जनालाई सफाइ दिएको छ ।

अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले सिक्टा सिंचाई आयोजनामा दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ भ्रष्टाचार भएको भन्ने अख्तियारको दावीलाई अस्वीकार गरेको हो ।

विशेष अदालतको फैसलासँगै पूर्व–आयोजना प्रमुखहरु सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलिप बहादुर कार्की र रमेश बस्नेत लगायतले पनि सफाइ पाएका छन् ।

सिक्टा सिंचाइ आयोजनाको पानीमा माटो घुलेर बगेका कारणले निर्माणकै दौरान बारम्बार नहर भत्किने समस्या थियो । डिजाइन सुधार गर्नुको साटो बदनियतपूर्वक पूरानै तौरतरिकाले काम गरी ठेकेदारलाई फाइदा पुग्ने काम गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले सिक्टाको मूल नहरको डिजाइनमै त्रुटि भएको र निर्माणको क्रममा प्राविधिक, परामर्शदाता र निर्माण व्यवसायीले पर्याप्त ‘सुपरभिजन’ नगरेको आरोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्