काठमाण्डौ – कञ्चनपुरको महेन्द्रनगर गल्ली नम्बर ४ स्थित सडकमा रोकिराखेको ट्रकमा लागेको आगो फैलिएर घरमासमेत पुगेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सडक कालोपत्रे गर्ने खोटो बोकेको ट्रकमा आगो लागेको थियो। सो आगो नियन्त्रण हुन नसक्दा नजिकैको घरमा पनि फैलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए। उनका अनुसार आगलागी कसरी भयो भनेर छुट्याउन सकिएको छैन।
आगो नियन्त्रणका लागि भीमदत्त नगरपालिकाको दमकल सहित, प्रहरी, स्थानीय वासी र सेनाको टोली घछना स्थल पुगेको छ,’ उनले भने, तर आगो नियन्त्रणमा आएको छैन।’ करिव आधा अघण्टादेखि सो क्षेत्रमा आगलागी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्