दाङ– रोल्पामा एक बालकको शव फेला परेको छ । जिल्लाको माडी गाउँपालिका-५, भाबाङको बाङगाउँमा एक बालकको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार १३ वर्षीय जयराम ओलीको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।
आइतबारदेखि सम्पर्कविहीन भएका बालकको शव सोमबार घरबाट करिब ५०० मिटर टाढा राँकुको रूखमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
बालकको शवलाई पोष्टमार्टमका लागि प्रहरीको सहयोगमा रोल्पा अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्