‘प्रधानन्यायाधीश मिलाउने, आरोपितलाई धरौटीमा छुटाउने’

दाङ समाचार
दाङ समाचार ८ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – ठगीको आरोपमा मुद्दा चलेका सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलविचको संवाद बाहिरिएको छ ।

न्यूज २४ टिभीले सिधा कुरा जनतासँग भन्ने कार्यक्रममार्फत दुईजनाविचको करिव १० मिनेट लामो संवाद सार्वजनिक गरेको हो । सिभिल सहकारीको अध्यक्ष हुदा बचतकर्ताको रकम ठगेको आरोपमा प्रहरीले इच्छाराज तामाङ विरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर भएर तामाङमाथि थुनछेक बहस हुदै गर्दा दुवै पक्षविच डिल भएको संवाद बाहिरिएको हो । मुद्दा दायर भएपछि आरोपितलाई सामान्य तारिखमा छाड्ने वा धरौटी माग्ने वा थुनामा पठाउने आदेश हुनुभन्दा पहिले थुनछेक बहस गर्ने चलन छ ।

१४ पुस २०७८ मा तामाङ काठमाडौं जिल्ला अदालतको आदेशबाट पुर्पक्ष थुनामा पुगेका थिए । उनलाई छुटाउन डिल भएकाले यो संवाद त्यही समय आसपास भएको अनुमान गर्न सकिन्छ ।

तामाङको पक्षमा वकालत गरेका रुद्रप्रसाद पोखरेलले न्यायाधीशलाई धरौटी माग्न सहमत गराउन खोजेका हुन् । त्यतिबेला पोखरेल नेपाल बार एसोसिएसनमा कोषाध्यक्ष समेत थिए ।

उनी प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले सुरु गरेको आन्दोलनको सक्रिय विरोधमा पनि थिए । यो प्रकरणमा कानून व्यवसायी पोखरेलसहित न्यायाधीश राजकुमार कोइराला अनि निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशम्सेर जबरा, न्यायाधीशहरु राजकुमार खतिवडा, काठमाडौं जिल्ला अदालतकै अर्का न्यायाधीश अम्बिकाप्रसाद निरौला पनि जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्