राजपुर गाउँपालिकाले ल्यायो ५३ करोड बढी बजेट

दाङ समाचार
दाङ समाचार १० असार २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – राजपुर गाउँपालिकाले आगामी आर्थिक बर्षको लागी ५३ करोड २० लाख ७१ हजारको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष धनपती यादवले गाउँसभाको बैठकमा चालुतर्फ ३३ करोड ६० लाख ३१ हजार र पूँजिगततर्फ १९ करोड ६० लाख ४० हजार बजेट प्रस्तुत गरिन् । आर्थिक विकास तर्फ ३ करोड ४५ लाख ३२ हजार बजेट विनियोजन गरिएको छ ।

जस अन्तरगत कृषि, पशु सेवा, सिचाइ, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणको लागी ३ करोड १ लाख ६७ हजार, उद्योग पर्यटन प्रवर्धन, लघुउद्यम विकास तथा बजार व्यवस्थापन तर्फ ४३ लाख ६५ हजार बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकास तर्फ २० करोड ४० लाख ७५ हजार बजेट अन्तरगत यूवा तथा खेलकूदमा १६ लाख, शिक्षामा १४ करोड ५९ लाख, स्वास्थ्यमा ३ करोड ५५ लाख ७५ हजार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण ९० लाख २० हजार, भाषा तथा संस्कृति ५ लाख, खानेपानी तथा सरसफाइ तर्फ १ करोड १४ लाख ८० हजार बजेट विनियोजन गरिएको छ।

पूर्वाधार विकास तर्फ १८ करोड ९८ लाख ६० हजार मध्य यातायात पूर्वाधार ८ करोड ४३ लाख ६० हजार, भवन आवास तथा सहरी विकास ८ करोड ६० लाख, विद्युत तथा उर्जामा १२ लाख, अन्य पूर्वाधार १ करोड ८३ लाख बजेट विनियोजन गरिएको छ । सुशासन तथा अन्तरसम्वन्धित क्षेत्र १ करोड ८६ लाख ३८ हजार मध्य प्रशासकीय सुशासनमा ४३ लाख, बित्तिय सुशासन १३ लाख बजेट प्रस्तुत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्