दाङ – बाँकेमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरी पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २८ बर्षीया महिलाको मृत्यु भएको हो ।
शनिबार बिहान साढे ७ बजे कोहलपुरतर्फ जादै गरेको ना ५ ख ४२०४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको भे ११ प ७०५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा बैजनाथ गाउँपालिका वडा नम्बर २ की २८ बर्षीय दिपिका खत्री कटुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दिपिकाको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो भने मोटरसाइकल चालक ३२ बर्षीय दिलबहादुर कटुवाल सामान्य घाइते भएका छन्
। दिलबहादुर मृतक दिपिकाका श्रीमान् हुन् । ठक्कर दिने ट्रक र चालक नवीन आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कोहलपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्