दाङ – बलात्कार घटनाका पिडितहरुले भारतीय प्रहरीमा किटानी जाहेरी एफ आइ आर दर्ता गराउन हरैया थाना पुगेका छन । दाङ राजपुर गाउँपालिका–६ खांग्रा नाका निवासी २ जना किशोरी लाई बलात्कार र ४ जनालाई कुटपिट गरेको किटानी जाहेरी लिएर पिडित तथा आफन्त भारतको प्रहरी थाना हरैया पुगेका हुन ।
घटनास्थल भारतीय सिमा क्षेत्र भित्र परेकाले मुद्दा पनि भारतीय प्रहरीले चलाउने भएको छ । स्थानीय बासिन्दा, पिडित र खांग्रा प्रहरी चौकीका प्रमुख सहितको टोली हरैया थाना पुगेको वडा अध्यक्ष श्याम रोकाले जानकारी दिए । ‘भारतीय प्रहरी थाना हरैयामा पुगेर किटानी जाहेरी दिन लागिएको छ’, उनले भने, ‘नाका क्षेत्रमा भारतीय नागरिकबाट लुटपाट हुने, कुटपिट हुने घटना दोहोरिन्थ्यो ।
तर, यसपालि बलात्कारसम्मको अपराध हुन पुग्यो । दोषि माथि हदैसम्मको कारबाहीको माग गरेका छौँ।’ भारतीय प्रहरीले घटनामा संलग्नहेको आरोपमा चार जनालाई पक्राउ गरिसकेको छ । किशोरीहरुको स्वास्थ्य परिक्षण बलरामपुर जिल्ला अस्पतालमा गरिएको छ ।
आइतबार भारतको मनिपुर बजारमा किनमेलका लागि जादै गरेका खांग्रा नाकाका किशोरीलाई पाँच जनाको समूहमा रहेका भारतीय युवाले करणी, लुटपाट र कुटपिट गरेका थिए । कतै भने ज्यान मार्ने सम्मको धम्की दिएका थिए । पिडितहरुले आफूहरु माथि भएको घटना बताएपछि बाहिर आएको हो

प्रतिक्रिया दिनुहोस्