करेन्ट लागेर दाङमा एकको मृत्यु

दाङ समाचार
दाङ समाचार २० असार २०७९, सोमबार
1 Min Read
Aa

दाङ – करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं. ६ खिलतपुरका ४५ वर्षीय लाल बहादुर नेपाली रहेको प्रहरीले बताएको छ ।

नेपालीलाई सोमबार बिहान साढे ९ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मदनआश्रृत चोक स्थित बलराम डाँगीको निर्माण हुँदै गरेको घरको लागि रड काट्ने क्रममा करेन्ट लागेको थियो ।

राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएका डिएसपी अर्यालले जानकारी दिए । अहिले मृतकको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमाटमका लागि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्