कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवा नजाने

दाङ समाचार
दाङ समाचार २१ असार २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडाैँ– आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्नेछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ। बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थिति नहुने जनाइएको छ।

आजको बैठक नेतृत्व पार्टीका उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन्। समय व्यस्तताका कारण सभापति देउवा पदाधिकारी बैठकमा उपस्थित हुन नसक्ने जनाइएको छ। बैठकमा पार्टीको भातृ संगठनका बारेमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्