दाङका १३ वर्षिय बालक भारतको गाेण्डाबाट उद्दार

दाङ समाचार
दाङ समाचार २१ असार २०७९, मंगलवार
1 Min Read
Aa

दाङ – दाङका एकजना बालकलाई भारतबाट सकुशल उद्दार गरिएको छ ।

विगत एकवर्ष छ महिना देखि हराइरहेका राजपुर गाउँपालिका वडा नम्बर ६ निवासी डम्बरबहादुर विकका छाेरा १३ वर्षिय नितेस विकलाई भारतको गाेण्डाबाट सकुशल उद्दार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख रञ्जु केसीले जानकारी दिइन ।

भारतको गोण्डाबाट शान्ति पुनर्स्थापना गृह कोइलाबास दाङले उद्धार गरेर इलाका प्रहरी कार्यालय गढवालाई बुझाएको हाे । साथीसँग भारत घुम्न गएका उनि पैसा नभएकोले क्याफे सरसफाईको काम गरिरहेका थिए ।

उनि बालश्रम शोषणमा परेकोले भारतीय सङ्घसंस्थासंग समन्वय गरी शान्ति पुनर्स्थापना गृह काेइलाबास दाङले उद्धार गरि ईलाका प्रहरी कार्यलय गढवा मार्फत मंगलवार अभिवावकलाई जिम्मा लगाएको छ ।।

प्रतिक्रिया दिनुहोस्