विभूषण समिति सदस्यबाट मदनदासलाई हटाएर शम्भुजीतलाई ल्याउने सरकारको निर्णय

दाङ समाचार
दाङ समाचार २२ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर उनको ठाउँमा संगीतकार शम्भुजीत बास्कोटालाई ल्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् । अन्य सदस्य भने यथावत राखिएको छ ।

‘समितिका सदस्यहरु रहनुभएका अन्य सदस्यहरुलाई यथावत रहने गरी कलाकार श्री मदनदास श्रेष्ठको सट्टामा कला क्षेत्रबाट संगीतकार शम्भुजीत बास्कोटालाई तोक्ने निर्णय भएको छ,’ उनले भने ।

विभूषण समितिमा उपप्रधानमन्त्री वा मन्त्रिपरिषद्का वरिष्ठ मन्त्री अध्यक्ष, गृहमन्त्री सदस्य, राष्ट्रिय जीवनमा उल्लेखनीय व्यक्तिहरुमध्येबाट समावेशी सिद्धान्तको आधारमा मन्त्रिपरिषद्ले तोकेको महिलासहित ६ जना सदस्य रहन्छन् । गृहसचिव समितिको सदस्य सचिव रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्