१८ कराेड हिनामिना प्रकरण सञ्चालकलाई सफाई, कर्मचारी र खातावालाई सजाय

दाङ समाचार
दाङ समाचार २४ असार २०७९, शुक्रबार
4 Min Read
Aa

दाङ – तत्कालिन बेष्टर्न डेभलेपमेण्ट बैंक हाल देब बिकास हुँदै कुमारी बैंकको १८ करोड हिनामिना प्रकरणमा बैंकका संचालक र सिइओलाई उच्च अदालत तुलसीपुरले सफाई दिएको छ ।

बैंक हिनामिनाका मुख्य आरोपित तत्कालिन बैंकका नारायणपुर शाखा प्रमुख समिर बुढाथोकीको हकमा ३ बर्ष भन्दा बढि सजाय हुने भएकाले छुट्टेै सजाय निर्धारण समितिमार्फत पुनः पेसि चढाई कैदको फैसला हुनेछ ।

उच्च अदालत तुलसीपुरका शाखा अधिकृत गोकर्ण ओलीले दिएको जानकारी अनुसार बैंकका संचालक ओमभक्त बुढाथोकी, खड्ग बुढाथोकी, अर्जुन कुमार बुढाथोकी, निर्मल देबकोटा, बेगमबहादुर भण्डारी, शेषमणि गौतम, बैंकको सिइओ खिमबहादुर डिसी, अनिल न्यौपानेलाई कसुर नठहरिने भन्दै उच्च अदालतकि मुख्य न्यायधिश दिक्षा गौतम र न्यायधिश राजुराम सिलवालको संयुक्त इजलासले सफाई दिएको हो ।

उच्च अदालत तुलसीपुरले जरिवाना तथा कैद ताेकिएकाहरुकाे विवरण यस प्रकार छ।

१) बसन्तबहादुर बस्नेत- २ करोड १५ लाख ३६ हजार २५० रुपैयाँ जरिवाना र २ वर्ष कैद।

२ ) मनोज केसी- १ करोड ४ लाख ११ हजार ७४६ रुपैयाँ जरिवाना २ वर्ष कैद।

३) रोशन बस्नेत- ७१ लाख ८२ हजार ५०० रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद।

४) झगबहादुर डिसी- २० लाख ३१ हजार ५०० रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद।

५) विनोद खड्का- ५९ लाख ७५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।

६) शान्ति केसी- २ लाख रुपैयाँ जरिवाना र १० दिन कैद।

७) मुकेशकुमार गुप्ता- ४ लाख ५० हजार २५० रुपैयाँ जरिवाना र १५ दिन कैद।

८) सन्जय बगाले- १८ लाख ६२ हजार ५०० रुपैयाँ जरिवाना र १ वर्ष कैद।

९) विनोदकुमार वली- १५ लाख ३० हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।

१०) विजया शर्मा- १० लाख २५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।

११) विजयकुमार गुप्ता- ७ लाख ८२ हजार ५०० रुपैयाँ जरिवाना र १५ दिन कैद।

१२) जीवराज रावत- ९ लाख रुपैयाँ जरिवाना र २० दिन कैद।

१३) अर्जुन बस्नेत- १३ लाख २५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।

१४) नोमबहादुर बुढाथोकी- ७ लाख ५० हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।

१५) वीरेन्द्रकुमार गुप्ता- ९ लाख ८७ हजार ५०० रुपैयाँ जरिवाना र २० दिन कैद ।

१६) प्रेमबहादुर बुढाथोकी- ७ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद।

१७) किरण रावत- ६ लाख ९३ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।

१८) नोखमतीकुमारी बस्नेत- ६ लाख ३२ हजार ५०० रुपैयाँ जरिवाना र १५ दिन कैद।

१९) डेमकला खड्का- १४ लाख २५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद।

२०) नरबहादुर कार्की- ५ लाख ९५ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।

२१) धनेश्वर आचार्य- ५ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय।

२२) द्रोणबहादुर केसी- ५ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद।

२३) रामबहादुर घर्ती- ७ लाख ७५ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद।

२४) केशवी बुढाथोकी- ५ लाख रुपैयाँ जरिवाना र १२ दिन कैद।

२५) बसन्त बुढाथोकी- ३५ हजार ७७२ रुपैयाँ जरिवाना र ४ दिन कैद।

२६) शरद पोखरेल- ३ लाख रुपैयाँ जरिवाना र १२ दिन कैद।

२७) मतकुमार पौडेल- २ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद।

२८) नरसिंह विश्वकर्मा- २ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद।

२९) शालिकराम केसी- २ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद।

३०) खुवीराम न्यौपाने- २ लाख रुपैयाँ जरिवाना र १० दिन कैद।

३१) रविनकुमार डाँगी- १ लाख ७५ हजार ५०० रुपैयाँ जरिवाना र १० दिन कैद।

३२) हेमन्त पुन मगर- ५० हजार रुपैयाँ जरिवाना र ५ दिन कैद।

३३) बालिका महरा- २५ हजार रुपैयाँ जरिवाना र ४ दिन कैद।

प्रतिक्रिया दिनुहोस्