गाउँपालिका इञ्जिनयर ५० हजार घुस सहित अख्तियारकाे नियन्त्रणमा

दाङ समाचार
दाङ समाचार २४ असार २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – राेल्पामा एक जना ईञ्जिनयर ५० हजार घुस रकम सहित पक्राउ परेका छन । गंगादेव गाउँपालिकाको कार्यालयका इन्जिनियर नविन डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम बुझ्ने क्रममा अख्तियारकाे टाेलीले पक्रउ गरेकाे हाे।

घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, नेपालगञ्जबाट टाेली खटेकाे थियाे ।

घुस रकमसहित गंगादेव गाउँपालिका, वडा नं. २, स्थित स्वास्थ्य शाखाको भवनमा रहेको निवासबाट नियन्त्रणमा लिएर अनुसन्धान चलिरहेकाे प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्