टेकुमा थुप्रिएको फोहोर प्लाष्टिकले छोपियो

दाङ समाचार
दाङ समाचार २६ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा जीवातु(जैविक तरल पदार्थ) हालेर प्लाष्टिकले छोपेको छ । अहिले झरीले बञ्चरेडाँडा जाने सडक विग्रेको कारण पूर्ण क्षमतामा फोहोर ढुवानी हुन सकेको छैन ।

त्यसैले टेकुमा फोहोर थुप्रिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का सचिवालय सदस्य सुनिल लम्सालका अनुसार अहिले १५० भन्दा धेरै गाडी जान सकेको छैन ।

टेकुमा माघदेखिको फोहोर जम्मा भएको लम्सालले  जानकारी दिए । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ ।

प्रतिक्रिया दिनुहोस्