दाङ – घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वको लागि भएको मतगणना जारी छ । देवीबहादुर वली (देवी वकिल) ले नेतृत्व गरेको गठबन्धनले अग्रता कायम गरेको छ ।
पदाधिकारीको १ हजार ५ सय ७० मत गणना भइसकेको छ । अध्यक्षमा गठबन्धन प्यानलका देवीबहादुर डिसीले १०१३ मत प्राप्त गरेका छन् भने संयुक्त प्यानलका नारायण भुसालले ४८८ मत प्राप्त गरेका छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेयले ८०३ मत प्राप्त गरेका छन् भने नरबहादुर बुढाथोकीले ५९४ मत प्राप्त गरेका छन् । महिला उपाध्यक्षमा हेमन्ती पुन मगरले ७३८ मत ल्याएकी छिन् भने लक्ष्मीसिंह ठकुरीले ६११ मत प्राप्त गरेकी छिन् ।
सचिवमा धर्मेन्द्र श्रेष्ठले ७९२ मत ल्याएका छन् भने दिपक श्रेष्ठले ५८४ मत ल्याएका छन् । कोषाध्यक्षमा ध्रुव केसीले ९५४ मत प्राप्त गरेका छन् भने सानुनारायण अधिकारीले ४०१ मत ल्याएका छन् ।
महिला सदस्यमा २ हजार ५ सय मत गणना भएको छ । खुमा खड्काले १५०७, विन्दु पाण्डेयले १२००, यशोदा पाण्डेयले ११५१, ज्योती रोका मगरले ७२२, देवकला पाण्डेले ८१९ र लक्ष्मी अधिकारीले ८५७ मत प्राप्त गरेका छन् ।
खुला सदस्यमा २ हजार ८५ मत गणना भएको छ । किशोर आचार्य १२२९, दिनेश वली ८४८, युवराज आचार्यले ९१०, नारायण लामिछानेले ३९१, महेश न्यौपानेले ५९३, सुनिल बनियाँले ४७१, हरि खरेलले ७५५ मत प्राप्त गरेका छन् । कुल मतदाता ७ हजार १ सय २३ मा ३ हजार ५ सय ६५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्