घोराही खानेपानीको महिला सदस्यमा गठबन्धनका उमेद्वार बिजयी

दाङ समाचार
दाङ समाचार २६ असार २०७९, आईतवार
1 Min Read
Aa
दाङ – घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको महिला सदस्यमा गठबन्धनका उमेद्वार बिजयी भएका छन् । निर्वाचनमा प्राप्त मत परिणामका अनुसार महिला सदस्यमा गठबन्धनका खुमाकुमारी खड्काले सर्वाधिक २ हजार १ सय ६७ मत ल्याएर बिजयी भएकी छिन् ।

त्यसैगरी गठबन्धनकै बिन्दु पाण्डेले १ हजार ८ सय ७० र यशोदादेवी पाण्डेले १ हजार ६ सय ६८ मत ल्याएर बिजयी भएका छन् । यद्यपी निर्वाचन समितिले घोषणा गर्न बाँकी छ ।

निर्वाचनमा सयुक्त प्यानलका महिला उम्मेदवार ज्योति रोका मगरले १ हजार ६६, लक्ष्मी अधिकारी १ हजार २ सय ६० र दिवकला पाण्डेले १ हजार ४३ मत प्राप्त गरेर पराजित भएका छन् । पदाधिकारीसहित खुल्ला सदस्यको मतगणना जारी रहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्