दाङमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

दाङ समाचार
दाङ समाचार २७ असार २०७९, सोमबार
1 Min Read
Aa

दाङ – कारको ठक्करबाट दाङमा एक पैदलयात्रीको मृत्यु भएको छ । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१० जलौराचोकमा कारको ठक्करबाट सोही ठाउँका २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ ।

चौधरीलाई आइतबार राति पौने ९ बजेतिर घोराहीतर्फ जाँदै गरेको बा०१-०२५ च ७७६४ नम्बरको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

कारको ठक्करबाट गम्भीर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञानमा उपचारको क्रममा निधन भएको हो । चालक र गाडी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्