सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा छ : ओली

दाङ समाचार
दाङ समाचार २७ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार बेलगाम भइरहेको बताएका छन् ।

सोमबार सम्पादकहरुसँग भएको अन्तर्क्रियामा ओलीले सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भएको बताए । उनले भने, सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ ? यता पट्टि जान चाहन्न मेरो विषय बनाउन चाहन्न ।’

उनले अघि भने, ‘दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ ? भिनाजुले चलाउनुहुन्छ कि सालाले चलाउनु हुन्छ ? प्रधानमन्त्रीले चलाउनुहन्छ कि रियल पावरवाला हुँ भन्नेले चलाउनुहुन्छ ? जसले चलाए पनि चलाएको त यही हो ।’

प्रतिक्रिया दिनुहोस्