भोलिदेखि उपत्यकाका ३ जिल्लामा अनलाइनबाट मतदाता नामावली संकलन गरिने

दाङ समाचार
दाङ समाचार २८ असार २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – निर्वाचन आयोगले काठमाडौं, ललितपुर र भक्तपुरमा अनलाइनबाट फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले अनलाइन प्रणालीबाट फोटोसहितको नामावली संकलन गर्ने प्रणाली तयार पारेको र परीक्षणका रुपमा उपत्यकाको ३ जिल्लामा असार २९ गतेदेखि सुरु गर्ने निर्णउ भएको जनाएको छ ।

हालसम्म फोटोसहितको नामावली दर्ता नगरेका नेपाली नागरिकले निर्वाचन आयोगको वेबसाइटमा गई व्यक्तिगत विवरण भरी उपत्यकाको ३ जिल्लाको निर्वाचन कार्यालयमा पेश गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

त्यसपछि अनलाइन फाराममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न जानुपर्नेछ । उपत्यकाको निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावली दर्ता गर्नेको भिड लागेपछि अनलाइन प्रणाली सुरु गर्न नसकेको भन्दै आयोगको आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्