पाँच विधेक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश

दाङ समाचार
दाङ समाचार २८ असार २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले पाँच विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश गरेका छन्। बजेटसँग सम्बन्धित चार र लोकसेवा आयोग सम्बन्धि विधेयकलाई प्रमाणित गरी सभामुख सापकोटाले प्रमाणिकरणका लागि राष्ट्रपति सक्षम पठाएका हुन्।

मंगलबार लोक सेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रमाणिकरण गर्न सिफारिस भएको हो।

त्यस्तै राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पनि प्रमाणिकरणका लागि सिफारिस भएको छ। साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले बजेटसँग सम्बन्धित विधेयकलाई सभामुखले प्रमाणिकरण गर्न पठाएका हुन्।

प्रतिक्रिया दिनुहोस्