गभर्नरमाथि कांग्रेसले उठायो प्रश्न, नागरिकमा आतंक मच्चाएको आरोप

दाङ समाचार
दाङ समाचार २९ असार २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठाएको छ । नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर सार्वजनिक रुपमा आतंक फैलाएको भन्दै कांग्रेसले अधिकारीमाथि प्रश्न उठाएको हो ।

बुधबार प्रतिनिधि सभामा विशेष समय लिएर कांग्रेसका तर्फबाट सांसद मीनबहादुर विश्वकर्माले गर्भनर आफैंले मुुलुक श्रीलंकातिर जाँदैछ, श्रीलंकातिर जाँदैछ भनेर हिँडेको बताए ।

उनले प्रश्न गरेका छन्, ‘एउटा देशको अर्थतन्त्र कमजोर हुँदा मित्र राष्ट्रले श्रीलंका हुन्छ, श्रीलंका हुन्छ भन्दा त्यो देशमा मानसम्मान हुन्छ वा हुन्न ? हाम्रो मित्रता कायम हुन्छ वा हुन्न ?’ एउटा देश संकटमा परेको बेला गिज्याउनु उपयुक्त नहुने भन्दै उनले यस्तो बोल्न बन्द गनुृपर्ने बताएका छन् ।

गभर्नरले सल्लाहकार भएर सरकारलाई सहयोग गर्नुपर्नेमा सार्वजनिक मञ्चहरुबाट श्रीलंका हुन्छ, अब टाट पल्टिन्छ भनेर आतंक फैलाएको उनको आरोप छ । ‘रियल स्टेट कारोबारीहरुलाई निषेध गर्ने, निजी क्षेत्रलाई हतोत्साही गर्ने, सेयर मार्केटमा लगानीहरुलाई हतोत्साहित गर्ने काम भइरहेको छ, यो बन्द गरिनुपर्छ ।

अन्यथा जनताहरुले आवाज उठाउनुपर्ने हुन्छ र सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्छ’, कांग्रेस सांसद विश्वकर्माले भने, ‘गर्भनर जस्तो जिम्मेवार व्यक्तिलाई यस्तो नबोल्न र नागरिकहलाई आतंकित नगराउन रुलिङ हुनुपर्दछ ।

’ भूकम्प गएको बेलामा सडकमा भूकम्प आयो भूकम्प आयो भन्दा नागरिकहरुलाई थुन्ने गरिएको स्मरण गर्दै उनले अहिले गभर्नरले जनतालाई आतंकित पार्दा राज्य चुप लागेर बस्न नहुने बताए ।

‘मुलुकको जिम्मेवार व्यक्तिले आम नागरिक र व्यवसायीहरुलाई आतंकित गरिराखेका छन् । राज्यकै तर्फबाट जिम्मेवार व्यक्तिले आतंक मच्चाउन बन्द गर्नुपर्छ’, उनले भने । सांसद विश्वकर्माले पटक पटक सभामुखसँग गभर्नरको बोलीमा लगाम लगाउने गरी रुलिङ गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्