क्रिप्टो कारोबारको आशंकामा व्यवसायी श्रेष्ठमाथि प्रहरीको छानबिन

दाङ समाचार
दाङ समाचार २९ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – क्रिप्टोकरेन्सीको कारोबार गरेको आशंकामा प्रहरीले व्यवसायी अमित श्रेष्ठमाथि छानबिन थालेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसएसपी जनक भट्टराईका अनुसार प्रहरी टोलीले बुधबार उनको पानीपोखरीस्थित घरमा छापा समेत हानेको छ । क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आशंकामा छानबिन थालेको उनले अनलाइनखबरलाई बताए ।

नेपालमा भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार प्रतिबन्धित छ । अनुसन्धानपछि श्रेष्ठलाई पक्राउ गर्ने नगर्ने टुंगो लाग्ने भट्टराईले बताए । थप छानबिन भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्