काठमाडौं – प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् । माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गराएकी हुन् ।
उम्मेदवारी दर्तापछि बोल्दै भुसालले संसदलाई स्वतन्त्र र थप प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको बताइन् । संविधान कार्यान्वयनमा पनि आफूले भूमिका खेल्ने उनको भनाइ छ । मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै गरि प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् ।एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्