७ देशका राजदूतको सपथ

दाङ समाचार
दाङ समाचार ३१ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले ७ देशका राजदूतलाई सपथ गराएकी छिन् ।

राष्ट्रपति भवन शितल निवासमा भएको कार्यक्रममा बहराइनका लागि तीर्थराज वाग्ले, ओमानका लागि डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नवराज सुवेदी, श्रींलकाका लागि वासुदेव मिश्र, इजिप्टका लागि सुशीलकुमार लम्साल र बंगलादेशका लागि घनश्याम भण्डारीले पद तथा गोपनियताको सपथ गरेका हुन् ।

यस्तै अष्ट्रिया तथा संयुक्त राष्ट्रसंघ भियनाका लागि नेपालको स्थायी प्रतिनिधि नियुक्त भरतकुमार रेग्मीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई राष्ट्रपतिले गत हप्ता राजदूत नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्