कर्मचारीसँग झडपमा प्रहरीले गोली चलायो

दाङ समाचार
दाङ समाचार ३१ असार २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाण्डौ – दैलेखको गुराँस गाउँपालिकामा करारमा रोजगारी गर्दै आइरहेका कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएको छ। दैलेख प्रहरी कार्यालयका अनुसार गुराँस गाउँपालिकाको स्वागत गेट आन्दोलनकारीले भत्काएका छन् भने कार्यालयमा ढुङ्गामुढा गरेका छन्।

ठूलो संख्यामा आन्दोलनकारी जम्मा भएपछि प्रहरीले दुई राउन्ड गोली चलाएको सुरक्षा स्रोतले जानकारी दिएको छ। घटनामा पाँच प्रहरी र दुई शसस्त्र प्रहरी घाइते भएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्