अहिले एमालेलाई धेरै प्रहार गर्न हुँदैन: माधव नेपाल

दाङ समाचार
दाङ समाचार ३२ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई प्रहार गर्न नहुने बताएका छन् ।

बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले एमालेले धेरै प्रहार नगरेकाले आफूहरूले पनि प्रहार गर्न नहुने बताए ।

अहिले धेरै किन भन्नु हुँदैन भने एमाले अहिले हामीलाई धेरै प्रहार गरिरहेका छैनन्’ उनले कार्यकर्तालाई भने, ‘धेरै प्रहार नगरिरहेको बेलामा हामीले पनि प्रहार गर्नुहुँदैन ।’

तर, आफूहरूले एकएक कुराहरू मसिनोगरी हेरिरहेको र कुनै पनि भुलभुलैयामा नपर्ने उनको भनाइ छ । भुलभुलैयामा पर्दा न घरको न घाटको हुने भएकोले यस्तो मुर्खतापूर्ण गल्ती कहिल्यै नगर्न अध्यक्ष नेपालले कार्यकर्ताले निर्देशन दिए ।

राजनीतिमा मान्छेले बाहिर र भित्रका सबै कुरा राम्ररी देख्न सक्दैन’ उनले अघि भने, ‘ठूलो हन्डर-ठक्कर खानुपर्छ । पछुताउने बाहेक अरु केही पनि हुँदैन ।’

उनले आफूहरूलाई कम आकलन गर्दा स्थानीय तह निर्वाचनमा सबैभन्दा ठूलो नोक्सानी भोगेको दाबीसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्