बाँकेलाई आज पूर्ण साक्षर जिल्ला घोषणा गरिंदै

दाङ समाचार
दाङ समाचार ३२ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – बाँके जिल्लालाई आज शनिबार पूर्ण साक्षर जिल्ला घोषणा गरिदैंछ ।

जिल्लाका ८ वटै पालिकालाई पूर्ण साक्षर घोषणा भइसकेका छन् । आज जिल्लालाई औपचारिकरुपमा घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार जिल्ला समन्वय समितिको भवनमा दिउँसो २ घोषणा कार्यक्रम हुनेछ । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) सहभागी हुनेछन् ।

बाँकेमा कोहलपुर नगरपालिकाले पहिलो पटक साक्षर पालिका घोषणा गरेको थियो । पहिलो पटक साक्षर पालिका घोषणा हुने कोहलपुरले ५० लाख नगद पुरस्कार पनि पाएको थियो । १२ वटा मापदण्ड पूरा गरी पालिकाहरू साक्षर घोषणा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्