चट्याङ लागेर दाङमा एक बालकको मृत्यु

दाङ समाचार
दाङ समाचार ३२ असार २०७९, शनिबार
0 Min Read
Aa

दाङ – दाङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१९ खानीगाउँका १५ वर्षीय बालक शंकर विकको चट्याङ लागेर मृत्यु भएको हो ।

घर नजिकै गोरु चराउन गएका बिकको शुक्रबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्